Breaking News

चितवनमा परीक्षण गर्दा अर्घाखाँचीका तीन जनामा कोरोना भाइरस पुष्टि

Banner

चितवन, असार ३–

चितवनमा परीक्षण गर्दां अर्घाखाँचीका तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा अर्घाखाँची भूमिकास्थानका २७ र २८ वर्षीय, मालारानीका २९ वर्षीय पुरुष गरी तीन जनामा कोरोना भाइरस संक्रमण भुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

मंगलबार २५५ जनाको परीक्षण गर्दा ३ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको हो । बाँकी २५२ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

मंगलबार अर्घाखाँचीको २००, देवचुली नगरपालिकाको ५२, चितवन मेडिकल कलेजको १, पुरानो मेडिकल कलेजको १, भरतपुर कोभिड ल्याबको १ जनाको स्वाब नमुनको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>