समाचार
कोरोना अपडेट : आज कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौँ, असार २–
नेपालमा पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
योसंगै संक्रमितको संख्या ६ हजार ५९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार ६ हजार ९२ पुरुष र ४ सय ९९ जना महिला छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार थपिएका कोरोना संक्रमितमध्ये अर्घाखाँचीका ९, रुपन्देहीका ४, दैलेखका ५, सुर्खेतका ४, धनुषाका २१, रामेछापका २१, सल्यानका १, दाङका ५७, काठमाडौँका १, स्याङजाका ४, अछामका १ र बैतडीका २१ जना रहेका छन् ।
यस्तै झापाका १, पाँचथरका १, सुनसरीका २, सिराहाका २, रौतहटका ५२, महोत्तरीका ८९, पर्साका २, गोर्खाका १०, नवलपरासीका ३, बागलुङका १, तनहुँका २, कास्कीका ३, डोटीका २०, कञ्चनपुरका ११, कैलालीका १५, बाँकेका १, बर्दियाका ९, सप्तरीका ३, मोरङका १, रोल्पाका १ र सर्लाहीका १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोनाको संक्रमण ७३ जिल्लामा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ११७ जना डिस्चार्ज भएका छन् ।



























