राजनीति

रास्वपाले फेरि सच्यायो केन्द्रीय सदस्यको सूची, पूजालाई हटाएर सोमको नाम समावेश

Banner

काठमाडौं,असार २७-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यको नामावली पुनः संशोधन गर्दै पूजा बास्तोलालाई हटाएको छ । रास्वपाको निर्वाचन आयोगका प्रमुख भुवन केसीले गण्डकी प्रदेशको केन्द्रीय सदस्य बास्तोलाको स्थानमा सोम शर्मालाई केन्द्रीय सदस्यका रूपमा समावेश गरिएको हो ।

यसअघि चितवनमा सम्पन्न रास्वपाको महाधिवेशनपछि प्रकाशित मतपरिणाम सच्याउँदै निर्वाचन आयोगले सोम शर्मालाई हटाएर पूजा बास्तोलालाई केन्द्रीय सदस्यमा समावेश गरेको थियो । तर, पछिल्लो संशोधनमा फेरि निर्णय परिवर्तन गर्दै बास्तोलालाई हटाइएको र सोम शर्मालाई नै केन्द्रीय सदस्यका रूपमा कायम गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>