चितवन विशेष
१३ दिनसम्म पनि फेला परिनन् भरतपुर अस्पताल नर्सिङ कलेजमा अध्ययनरत सन्तोषी
०

चितवन, असार २७-
भरतपुर अस्पताल नर्सिङ कलेजमा बीएनएस तेस्रो वर्षमा अध्ययनरत सन्तोषी श्रेष्ठ बेपत्ता भएको १३ दिनसम्म पनि फेला परेकी छैनन । घरबाट असार १४ गते निस्किएकी श्रेष्ठ हालसम्म फेला नपरेपछि खोजीका लागि परिवारले ठाउँठाउँमा फ्लेक्स टाँसेको छ । तनहुँ बन्दिपुर गाउँपालिका ४ घर भई गैंडाकोट नगरपालिका–२ मा बस्दै आएकी २८ वर्षीया सन्तोषी असार १४ गते साँझ करिब ८ बजे बा.प्र. ०६–००१ प १४९९ नम्बरको स्कुटर लिएर घरबाट निस्किएकी थिइन् ।
खोजतलासका क्रममा उक्त स्कुटर देवघाटको हनुमानचोक क्षेत्रमा पार्किङ गरिएको अवस्थामा फेला परेको थियो भने हालसम्म श्रेष्ठको कुनै अत्तोपत्तो लागेको छैन। उनलाई कतै देख्नुभएको, भेट्नुभएको वा उहाँ सम्बन्धी कुनै जानकारी प्राप्त गर्नुभएको छ भने नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन परिवारले अनुरोध गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























