Breaking News

बझाङमा जिप दुर्घटनामा तीन यात्रुको मृत्यु, १० घाइते

Banner

बझाङ,असार २६-

बझाङमा शनिबार जिप दुर्घटना तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। केदारस्युँ गाउँपालिका–७ सुङ्गरीमा यात्रुबाहक जिप दुर्घटना हुँदा तीना जनाको घटनास्थलमै मृत्यु भएको जानकारी आएको बझाङका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए। उनका अनुसार दुर्घटनामा १० जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रजिअ केशरीले बताए। घाइतेको उद्धारको लागि हेलिकप्टर बोलाइएको छ।

गम्भीर घाइतेको उद्धारको लागि सुर्खेतबाट हेलिकप्टर उडिसकेको उनले जानकारी दिए। प्रहरी टोली पनि घटनास्थलतर्फ गइरहेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>