Breaking News
चितवनमा घरमा सुतिरहेकै बेला हात्तीको आक्रमण, आमा छोराको मृत्यु

चितवन, असार २१-
चितवनमा शनिबार राती जंगली हात्तीको आक्रमणमा दुइ जनाको मृत्यु भएको छ ।
शनिबार राती ११ बजेको समयमा भरतपुर महानगरपालिका-२३ बेलहट्टा स्थित पुर्ण बोटेको घरमा आएको हात्तीले उनको श्रीमती र छोरा माथी आक्रमण गरेको थियो । घरमा सुतिरहेकै अवस्थामा हात्तीले आक्रमण गर्दा घटनास्थलमै बोटेको श्रीमती बर्ष २५ की आशिका बोटे र उनको छोरा बर्ष ४ का भरत बोटेको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
यस्तै श्रीमानले हात्ती धपाउनको लागी आगो बाल्ने क्रममा कच्ची घरमा समेत आगोलागी भएको छ । स्थानीय र प्रहरी मिलेर आगो नियन्त्रणमा लिएको थियो ।
यसैबीच घटना पछि शनिबार राती नै चितवन राष्ट्रिय निकुञ्ज कार्यालय र स्थानीय समुदाय बीच छलफल भएको छ ।
नयाँ गोरखा गण, २३न. वडा कार्यालय, केरुङ्गा मध्यवर्ती उपभोक्ता समिति , ईलाका प्रहरी कार्यालय गितानगर , बेलहट्टा हरियाली मध्यवर्ती सामुदायिक बन उपभोक्ता समितिका प्रतिनिधिहरुको उपस्तिथिमा भएको छ्लफलले चार बुदे सहमति गरेको वडा अध्यक्ष दीपक दवाडीले जानकारी दिए । निकुञ्जसङ्ग भएको सहमति अनुसार हात्तीलाई तत्काल नियन्त्रण लिन आवस्यक काम गर्ने, चितवन राष्ट्रिय निकुञ्ज कार्यालय मार्फत मृतकको परिवारलाई उचित राहत तत्काल उपलब्ध गराउने, चितवन राष्ट्रिय निकुञ्ज कार्यालय मार्फत मृतकको घर निर्माण गराउने र मानव बन्यजन्तु द्वन्द न्यूनीकरणका लागि तत्काल आवस्यक काम गर्ने रहेको वडा अध्यक्ष दवाडीले जानकारी दिए ।




























