देश/प्रदेश

वाग्मती प्रदेशले सवारी करमा असार मसान्तसम्म जरिवाना नलिने

Banner

काठमाडौँ, असार २-

बाग्मती प्रदेशले चैत ११ देखि असार मसान्तसम्म कुनै पनि प्रकारको सवारी करमा जरिवाना नलिने भएको छ।

अनुमती पत्रको म्याद नाघेको जरिवाना, सवारी कर, अन्य दस्तुर तथा जरिवाना नलिने निणर्य भएको भौतिक पूर्वाधार विकाश मन्त्रालय, बाग्मती प्रदेशका सचिव तेजराज भट्टले जानकारी दिए।

‘हिजोको बजेटमा पनि उल्लेख भएको कारण हामीले असार मसान्तसम्म कुनैपनि प्रकारको जरिवाना नलिने निणर्य गरेका छौ। सोहीअनुसार आज यातायात व्यवस्था कार्यालयहरुमा पत्र पठाइसकेका छौ,’ भट्टले भने। गत १ गते देखि यातायात कार्यालय खुले पनि जरिवाना कती असुल गर्ने भन्नेबारे भन्ने अन्यौल भएको थियो। विभिन्न यातायात कार्यालयहरुले सूचना नै जारी गरेर यी विषयमा स्पष्ट निर्देशन प्राप्त नभएको कारण सवारी चालक अनुमती पत्र वितरण बाहेक अन्य कार्य नहुने जनाएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>