देश/प्रदेश
सेवाग्राही नआउँदा देशको प्रशासनिक केन्द्र सिंहदरबार सुनसान
०

काठमाडौं, असार २-
सरकारले सरकारी कार्यालय पूर्ण रुपमा सञ्चालन गर्ने निर्णय गरे पनि सेवाग्राहीको चहलपहल खासै देखिएको छैन ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि जारी लकडाउनलाई केही खुकुलो तुल्याउँदै सरकारले असार १ देखि सरकारी कार्यालयहरु आवश्यक सतर्कता अपनाउँदै पूर्ण रुपमा सञ्चालनमा ल्याएको हो ।
मुलुककै प्रशासनिक केन्द्र सिंहदरवारमा मंगलबार खासै चहलपहल देखिएन। अधिकांश मन्त्रालय रहेको सिंहदरवार परिसरमा कर्मचारीहरु देखिए पनि अरु बेलाजस्तो विभिन्न काम लिएर आउने सर्वसाधारण तथा राजनीतिकर्मीहरुको आगमन देखिएको छैन । दिउँसो अधिकांश मन्त्रालयमा मन्त्रीका सवारी साधन पनि देखिएन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























