अन्तर्राष्ट्रिय

लद्दाख क्षेत्रमा चीन र भारतका सैनिकबीच झडप, भारतका तीन सैनिक मारिए

Banner

काठमाडौं, असार २–

चीन र भारतको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच हिंसात्मक झडप भएको छ ।

लद्दाखको गलवान भ्यालीस्थित सीमा क्षेत्रमा भएको झडपमा तीन भारतीय सैनिकहरु मारिएका छन् । मृत्यू हुनेमा एक आर्मी अफिसर र दुई सिपाही छन् ।

सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको हो । सीमा क्षेत्रमा बारम्बार तनाव उत्पन्न हुने गरे पनि गोली नचलेको लामो समय भइसकेको थियो । पछिल्लो समय एक महिनादेखि लद्दाखमा भारतले गरेको बाटो विस्तारलाई लिएर दुई देशबीच नयाँ तनाव उत्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>