देश/प्रदेश

सेती अस्पतालकी स्टाफ नर्सलाई कोरोना संक्रमण

Banner

कैलाली, असार २–

कैलालीमा एक नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

धनगढीस्थित सेती प्रादेशीक अस्पतालमा कार्यरत एक जना स्टाफ नर्समा कोरोना संक्रमणको पुष्टि भएको हो । कोरोना संक्रमितहरुको उपचारमा संलग्न २८ वर्षीया स्टाफ नर्समा सोमाबार संक्रमण देखिएको सेती प्रादेशीक अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी दीलीप श्रेष्ठले केही समय संक्रमितको उपचारमा खटिएपछि १४ दिन क्वारेन्टिनमा बसेपछि उनीमा संक्रमण देखिएको जानकारी दिए । उनले उपचारमा संलग्न अन्य ९ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । संक्रमित नर्सलाई अहिले कोरोना अस्पतालमा भर्ना गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>