देश/प्रदेश
डोटीमा मिनिट्रक दुर्घटना, दुई जनाको मृत्यु
०

डोटी, असार १–
जिल्लाको बडिकेदार गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार गाउँपालि–३ सुनालेकमा से१ख १२६२ नम्बरको मिनिट्रक दुर्घटना हुँदा ४० वर्षीय डबल पुनमगर र उहाँका १३ वर्षीय छोरा धीरज पुनमगरको मृत्यु भएको हो । मृतक बुबा, छोराको भएको खुलेको प्रहरीले जनाएको छ । मिनिट्रक चालक श्यामलाल चौधरी भने फरार रहेको र उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बिपिनगरले जनाएको छ ।
घागलबाट धनगढी जाँदै गरेको सो मिनिट्रक आज साँझ सुनालेक नजिक दुर्घटना भएको हो । पानी परेर बाटो चिप्लो भएका कारण गाडी दुर्घटना भएको हुनसक्ने तथा ट्रक सडकबाट कम्तीमा पनि १०० मिटर तल खानेलामा खसेको इलाका प्रहरी कार्यालय बिपिनगरका प्रमुख लालबहादुर ऐरले जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























