देश/प्रदेश

दुर्घटनामा बाबुछोराको मृत्यु

Banner

धनगढी, असार १-

डोटीमा  मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडिकेदार गाउँपालिका–३ सुनालेकमा से१ख १२६२ नम्बरको मिनीट्रक दुर्घटना हुँदा बुवाछोरी नाता पर्ने दुवै दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा वडा नम्बर ३ का ४० वर्षीय डबल पुनमगर र उनका १३ वर्षीय छोरा धीरज रहेका डोटी जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवकुमार राईले जानकारी दिए । उनले मिनीट्रक चालक श्यामलाल चौधरी घाइते भएको र उनी प्रहरीको सम्पर्कमा आएको जानकारी दिए ।

मिनिट्रक डोटीको घागलबाट धनगढी आउँदै गर्दा सोमबार पौने ३ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मिनीट्रक सडकबाट १ सय मिटर तल खसेको बताइएको छ । घटनाबारे अनुसन्धान गर्न प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ लागेको प्रशासकीय अधिकृत राईले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>