खेलकुद

नवलपुरमा सबैभन्दा बढी कभर्डहल

Banner

पोखरा, असार १-

गण्डकी प्रदेशका ११ जिल्लामा कभर्ड हल छन्। केही सञ्चालन छन् भने केही निर्माणको अन्तिम चरणमा। केही भने निर्माणकै चरणमा छन्। कतिपयमा पुरानोलाई यथावत राख्दै नयाँ बनाउन सुरु गरिएको छ। जिल्लामा इण्डोर र सेमी इण्डोरहरु छन्। राष्ट्रिय खेलकुद परिषद्ले नयाँ हल निर्माणमा जुटिरहेको छ।

कास्कीमा चार वटा हल छन्। पोखरा रंगशालाभित्र बहुउद्देश्यीय कभर्ड हल छ। जुन १६ करोड ३५ लाखमा निर्माण गरिएको हो। दर्शक क्षमता दुई हजारको छ। त्यही हलमा १३ औं दक्षिण एशियाली खेलकुदअन्तर्गत महिला तथा पुरुष ह्याण्डबल आयोजना गरिएको थियो। रंगशालाभित्रै सेमी कभर्ड हल छ। जहाँ बक्सिङको रिङ राखिएको छ। प्रशिक्षण लगायत प्रतियोगिता समेत आयोजना गरिदैं आएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ।

दुई कभर्ड हल निर्माणकै चरणमा छ। पोखरा–१९ लामाचौर घार्मीस्थित ज्येष्ठ नागरिक कभर्ड हल छ। युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको आफनै जन्मथलोमा कभर्ड हल एक वर्ष अघि निर्माण शुरु गरेका हुन्। डेढ करोड रुपैयाँ खर्च भईसकेको छ। अन्तिम चरणमा छ। एउटा व्याडमिन्टन कोर्ट क्षमताको छ। यद्यपी कभर्ड हल अन्य प्रयोजनाको लागि उपयोग समेत गर्न सकिने खेलकुदका अधिकारीहरु बताउँछन्। हल २० मिटर लम्बाई र १२ मिटर चौडाईको छ।

पोखरा–२९ भण्डारढीकमा तीन वर्ष अघि शुरु गरिएको बहुउद्देश्यीय कभर्ड हल निर्माणकै चरणमा छ। राष्ट्रिय खेलकुद परिषदले उपलब्ध गराएको ५५ लाख रुपैयाँबाट हलको शिलान्यास गरी काम सुरु गरिएको थियो। अहिले गण्डकी प्रदेश संसद विकास कोषबाट २५ लाख रुपैयाँबाट काम अघि बढाइएको छ। पोखरा महानगरपालिकाले १ करोड र गण्डकी प्रदेश सरकारले छुट्टाएको २५ लाख रुपैयाँ आर्थिक वर्ष टुंगिनै लाग्दा फिर्ता भएको छ। ४५।५ मिटर लम्बाई र ३० मिटर चौडाईको रहेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारले बताए। दर्शक क्षमता ५५० छ। लागत साढे सातकरोडको अनुमान गरिएको

नयाँ जिल्लाको रहेको नवलपुर भने अन्य जिल्ला भन्दा खेलकुद पूर्वाधारको लागि अब्बल छ। जिल्लामा ६ वटा कभर्ड हल छन्। केही तयार भएर प्रतियोगिता सञ्चालन गरिसकिएको छ। केही निर्माणकै चरणमा छ। केही शिलान्यास गरेर काम अघि बढाइएको छ। भईसकेको छ। नवलपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख विष्णुलाल श्रेष्ठका अनुसार चार नगरपालिकामा सबै ठाँउमा कभर्ड हल छन्। मुकुन्दपुरमा एउटा छ। ७६ फिट लम्बाई र ५६ फिट चौडाईको हल दुईवर्ष अघि तयार गरिएको हो। डेढ करोडमा निर्माण गरिएको कार्यालय प्रमुख श्रेष्ठले सुनाए। गण्डकी प्रदेश सरकारबाट २० लाख, परिषदबाट ६५ लाख रुपैयाँ र नगरपालिकबाट ११ लाख सहयोग जुटाईको थियो।

त्यसैगरी कावासोतीको दुम्कीबासमा ६० फिट चौडाई ११० फिट लम्बाईको कभर्ड हल छ। हलमा छाना छाउने काम बाँकी छ।स्थानीय स्रोत , जिविस लगायतले सहयोग जुटाएका थिए। मध्यविन्दु नगरपालिकाको अरुणखोलामा अर्को कभर्ड हल बनिसकेको छ। संघीय र प्रदेश एव माननीय तथा स्थानीय स्रोतबाट सामुदायिक बन लगायतबाट सहयोग जुटाएर बनाइएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए। मध्यविन्दुमै अर्को हल शिलान्यास गरिएको छ। नगरपालिकाले आफनै स्रोतबाट निर्माण अघि बढाएको छ। तीनवटा व्याडमिन्टन कोर्टयुक्तको हल हो। गैडाकोटस्थित क्षेत्रीय रंगशालामा समेत कभर्ड हल शिलान्यास गरिएको छ। एउटा भने प्रतियोगिता आयोजना गरिदैं आएको नवलपुर खेलकुद विकास समितिले जनाएको छ।

हिमालपारीको जिल्ला मुस्ताङमा जेठकै पहिलो सातादेखि कभर्ड हल निर्माण सुरु गरिएको छ। नयाँ हलको लागत साढे आठ करोडको अनुमान छ। ४५।५ मिटर लम्बाई र ३० मिटर चौडाईको छ । राष्ट्रिय खेलकुद परिषदबाट ४० लाख रुपैयाँ उपलब्ध गराइएको छ। एक निर्वाचन क्षेत्र एक खेल मैदान अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयबाट ५० लाख र स्थानीय घरपझोङ गाउँपालिकाबाट २५ लाख रुपैयाँ गरी १ करोड १५ रुपैयाँको लागतमा काम सुरु गरिएको छ।

त्यसैगरी म्याग्दी जिल्लामा एउटा कभर्ड हल छ। जुन पुरानो हो। दुईवटा व्याडमिन्टन कोर्ट युक्त छ। २२.५ मिटरको लम्बाई र चौडाईयुक्त कभर्ड हल छ। बाग्लुङ जिल्लामा पनि दुईवटा कभर्ड हल छन्। पुरानो हल टेबल टेनिसको लागि उपयोग गर्न सकिने खालको छ। नयाँ हल निर्माणको चरणमा छ। नयाँ हल एक करोड १० लाखको लागतमा निर्माण गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निर्बतमान अध्यक्ष सम्पन्न श्रेष्ठले बताए। उनका अनुसार नयाँ हलको लागि राष्ट्रिय खेलकुद परिषदबाट ४५ लाख रुपैयाँ निकासा भएको थियो। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि समेत उपयोग गर्ने गरी निर्माण गरिएको हललाई क्षेत्रीय खेलकुद विकास समितिले ३० लाख रुपैयाँ माग गरिएको उनले सुनाए। एनआरएन जापान बाग्लुङ शाखाबाट १७ लाख एवं जिल्ला समन्वय समिति तथा नगरपालिकाबाट १६ लाख रुपैयाँ रकम सहयोग भएको थियो। बाँकी रकम स्थानीय स्रोतबाट जुटाइएको थियो। पुरानो हल भने तत्कालिन जीवनराम श्रेष्ठ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव हुदाँ निर्माण गरिएको थियो।

त्यसैगरी पर्वत जिल्लामा पनि मिनी कभर्ड हल पुरानो छ। नयाँ हल निर्माणाधिन छ। २४ मिटर लम्बाई र २० मिटर चौडाईको नयाँ हल तयारी गरिदैं। लक्ष्य नवौं राष्ट्रिय खेलुकद प्रतियोगिताकै लागि हो। ९१ लाख रुपैयाँको लागत अनुमानित छ। ४० लाख रुपैयाँ राष्ट्रिय खेलकुद परिषदबाट उपलब्ध गराइएको छ। तनहुँमा पनि सेमी कभर्ड हल छ। २१ मिटर लम्बाई र १६ मिटर चौडाईको छ। हिमालपारीको जिल्ला मनाङमा पनि सानो टेवलटेनिस खेल्न मिल्ने सानो हल रहेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले बताए। लमजुङको भोर्लेटारमा सेमी कभर्ड हल छ। नयाँ हल भने बेशिशहरमा निर्माण सुरु गरिएको छ। गोरखामा एउटा मात्रै कभर्ड हल छ। २४ मिटर लम्बाई र २२ मिटर चौडाईको हल छ।

गण्डकी प्रदेशमा आगामी फागुन २०–२७ गतेसम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदैं छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि भएका पूर्वाधारको मर्मत सम्भार तथा नयाँ निर्माणको लागि राष्ट्रिय खेलकुद परिषदसँग बजेट माग गरिएको छ। सबै जिल्लामा विभिन्न खेलहरु आयोजना गरिने छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>