Breaking News

नारायणगढ-बुटवल सडक विस्तारको काम अगाडी बढ्न सकेन्, ठेकेदार कम्पनी आर्थिक संकटमा

Banner

बिकास अधिकारी,

नवलपरासी जेठ २८-

राष्ट्रिय गौरब आयोजना नारायण बुटवल चार लेनको सडक विस्तार कार्य कोरोनाका कारण प्रभावित भएको छ । राष्ट्रिय गौरबका आयोजनाको काम अगाडी बढाउने यस अगाडीनै सरकारले निर्णय गरेपनि ठेकेदार कम्पिन चाईना स्टेट कन्सट्रक्सनले काम अगाडी बढाउन सकेको छैन् । काम सुचारु गर्ने बारे जिल्ला प्रशासन कार्यालयमा केहि समय अगाडी नै छलफल भएको र काम सुचारु गर्न अनुमति दिएपनि अझै पनि ठेकेदार कम्पनीले काम सुरु गर्न नसकेको हो । पुल निर्माणको काम अबको केहि दिनमै सुरु गर्छो अन्य काम अगाडी बढ्न सकेको छैन् नारायणगढ बुटवल सडक अन्र्तग दाउन्ने पश्चिम खण्डका प्रवक्ता युवराज पाण्डेले भन्नुभयो ।

स्रोतका अनुसार ठेकेदार कम्पनी कोरोना कहरका कारण आर्थिक संकटमा परेका कारण पनि कामले गति लिन नसकेको हो । एउटा मात्रै समस्या छैन् कामदार अभाव छ, ईक्युमेन्ट आउन सकिरहेको छैन् विद्युतको पोल व्यवस्थापन गर्न बाँकि नै छ भने खानेपानीको पाईप पनि हटाउनुपर्ने हुन्छ प्रवक्ता पाण्डेले भन्नुभयो अब पुलको लागी पाईलिङ्गको काम भने केहि दिनमा सुरु हुन्छ । निर्माणका लागी आवश्यक हेभि ईक्युमेन्टहरु ल्याउने तयारी भएपनि कोरोना संक्रमण देखिएपछि भएको लकडाउनका कारण सबै प्रभावित भएको र अहिले ठेकेदार कम्पनी पनि आर्थिक अभावका कारण संकटमा परेको बुझिएको उहाँले जानकारी दिनुभयो । सडक विस्तारका लागी ढिलो गरी काम सुरु भएपनि लकडाउन अगाडी दु्रत गतिमा काम भईरहेको थियो । आयोजनाले रुख कटानको काम पनि रुपन्देहि क्षेत्रको केहि भाग बाहेक सकेको छ । तिलोत्तमाको बन क्षेत्रको कटान बाँकि रहेको पाण्डेले बताउनुभयो । अब समयमै काम सक्न मुस्किल रहेको पनि उहाँको भनाई छ ।

उता दाउन्ने पुर्व देखि गैडाकोट तर्फ पुर्वि खण्डको विस्तारको काम पनि लगभग शुन्य छ । पुर्वि खण्डका प्रमुख सुजन अधिकारीका अनुसार भेडाबारीमा कल्र्भट निर्माण भईरहेको छ तर त्यो पनि निकै सुस्त गतिमा छ । कामलाई गति दिनेबारे आवश्यक समन्वय भईरहेपनि ठेकेदार कम्पनीले कामलाई तिव्रता दिन सकिरहेको छैन् ।

१ सय १३ किलोमिटर लामो नारायणगढ बुटवल सडक विस्तारको काममा पछिल्लो पटक ठेकेदार कम्पनीकै अलमल देखिएको हो । बुटवल९नारायणगढ सडकलाई दुई भागमा बाँडेर काम विभाजन गरिएको छ पूर्वी खण्डअन्तर्गत गैँडाकोट दाउन्ने भागको साढे ६४ किलोमिटर सडकको लागि ९ अर्ब १३ करोड १८ लाख र पश्चिमी खण्ड दाउन्ने९वुटबल साढे ४८ किलोमिटर सडकको लागि ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ छुट्टाईएको छ तर हाल सम्म दाउन्ने क्षेत्रको भने डिजाईननै तयार भएको छैन् । ठेक्का सम्झौता भएको मिति २०७५ सालको पुसदेखि साढे ३ वर्षभित्र आयोजनाको काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>