Breaking News

कर्णालीमा थप ३७ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ७०८ पुग्यो

Banner

सुर्खेत, जेठ २८-

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप ३७ जनामा कोरोना भाइरसको (कोभिड-१९) पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये दैलेखका २५ जना, सुर्खेतका ९ जना र जाजरकोटका ३ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं. १, २, ३, ४ र ५ का २३ जना पुरुष र २ जना महिला रहेका छन् । सुर्खेतको बराहाताल गाउँपालिका -४, का एकजना पुरुष, गुर्भाकोट नगरपालिका-१२ का दुईजना महिला १४ नम्बरका चारजना पुरुष र एकजना महिला रहेका छन् । सिम्ता गाउँपालिका ३ का एक पुरुष रहेका छन् ।

त्यस्तै जाजरकोट छेडागाड नगरपालिका–१२ का दुईजना पुरुष, शिवालय गाउँपालिका-१, का एकजना पुरुष रहेका छन् । योसँगै कर्णालीमा बुधबारसम्म संक्रमितको संख्या ७०८ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>