सुदूरपश्चिम
महेन्द्रनगरमा दुई महिला प्रहरीमा कोरोना

महेन्द्रनगर, जेठ २७
कञ्चनपुरमा क्वारेन्टाइनमा सुरक्षार्थ खटिएका दुई महिला प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
महेन्द्रनगरमा रहेको वैजनाथ माध्यमिक विद्यालयको क्वारेन्टाइन सुरक्षामा खटिएका असइ र हवल्दारमा कोरोना पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले बताए ।
क्वारेन्टाइनको सुरक्षामा खटिएका प्रहरीमा कोरोना संक्रमण देखिए पछि अहिले क्वारेन्टाइन सील गरिएको छ । थप संक्रमण हुन नदिने क्वारेन्टाइन सिल गरेका छौँ, संक्रमितहरुको महाकाली अस्पतालमा उपचार भइरहेको छु, थापाले भने, ‘उहाँहरु क्वारेन्टाइनमै बस्नुहुन्थ्यो ।’
त्यसै गरी कञ्चनपुरको पुर्नवास नगरपालिका त्रिभुवनवस्ती स्वास्थ्य चौकीका एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि स्वास्थ्य चौकीले सम्पूर्ण सेवा वन्द गरेको छ । स्वास्थ्य चौकीमा कार्यरत बाँकी स्वास्थ्यकर्मी पनि कोरोनाको उच्च जोखिममा रहेकाले सबैको पीसीआर नतिजा नआउँदासम्म स्वास्थ्यचौकीका सेवा बन्द गरेको पुनर्वास नगरपालिकाका स्वास्थ्य प्रमुख राम धामीले बताए । कञ्चनपुरमा दुई जना स्वास्थ्यकर्मी र तीन जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भइसकेको छ ।






















