देश/प्रदेश
स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डाक्टर जागेश्वर गौतम
०

काठमाडौं, जेठ २५–
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा.जागेश्वर गौतमले पाएका छन् । उनलाई हालै मात्र परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालबाट मन्त्रालय तानिएको थियो।
हाल प्रवक्ता रहेका डाक्टर विकास देवकोटालाई गुणस्तर मापन महाशाखा पठाइएको मन्त्रालयका प्रशासन विभागका प्रमुख रघुराम बिष्टले जानकारी दिए।
कोरोनाभारइसको संक्रमण सुरू भएदेखि देवकोटा प्रवक्ता थिए। उनले नै मन्त्रालयको नियमित अपडेट गराउँदै आएका थिए। पछिल्लो समय मन्त्रालयले व्यापक रूपमा कर्मचारी सरूवा र हेरफेर गरेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























