देश/प्रदेश

नर्भिक हस्पिटलमा रहेकी हेटौंडाकी महिलामा कोरोना, पाटन अस्पताल लगियो

Banner

काठमाडौं, जेठ १९–

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४, निवासी ६१ वर्षकी एक महिलामा कोरोना भाइरस कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत ती बिरामी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । ती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि पाटन अस्पतालमा लगिएको छ ।

पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले कोरोना पुष्टि भएकी महिलालाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको जानकारी दिए ।

नर्भिक अस्पताललका अनुसार संक्रमित महिलालाई उपचारका लागि बिहीबार राति ल्याइएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>