देश/प्रदेश

श्वास फेर्ने समस्याबाट गर्भवतीको मृत्यु

Banner

जलेश्वर, जेठ १९–

महोत्तरीको एकडारा गाउँपालिकामा श्वास फेर्ने समस्याबाट आज एक गर्भवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका– २ बस्ने श्याम यादवकी पत्नी ४० वर्षीया रीतादेवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आफ्नै घरमा बस्दै आएकी ती महिलालाई अचानक श्वास फेर्नमा समस्या हुँदा उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउँदै गर्दा बाटामै मृत्यु भएको हो । महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>