समाज
भारतको क्वारेन्टाइनमा एक नेपालीको मृत्यु
०

बुटवल, जेठ १०-
भारतको नौतनवास्थित क्वारेन्टाइनमा बसेका एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुने व्यक्ति स्याङ्जाको हरिनाथ नगरपालिका–२ चिसापानीका ३२ वर्षीय पुरुष हुन्।
जेठ ५ गतेदेखि नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा राखिएका उनको शनिबार मृत्यु भएको बेलहिया प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक ईश्वरी अधिकारीले पुष्टि गरेका छन् ।
उनी भारतको अलिगढबाट केही दिन पैदल हिँडेर सुनौली नाकासम्म आएपनि नेपाल तर्फबाट उनलाई बुझ्ने कोही नआएपछि उनी नेपाल प्रवेश गर्न पाएका थिएनन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























