चितवन विशेष

रङ्गीन भेडेखुर्सानी खेतीबाट सन्तोषजनक आम्दानी

Banner
चितवन, २५ असारः
आधुनिक कृषि प्रविधिको प्रयोग गरी यहाँका ससन देवकोटा र उहाँकी श्रीमती राधिका रिजाल (देवकोटा) ले रङ्गीन भेडेखुर्सानीको खेतीगरी सन्तोषजनक आम्दानी गर्नुभएको छ ।
कृषिविकास कार्यालयको अनुदान तथा प्राविधिक सहयोगमा निर्माण गरिएको ग्रीनहाउसमा भरतपुर महानगरपालिका–५ मा सञ्चालन गरिएको हिमालयन बेरी प्रालिका सञ्चालक देवकोटा दम्पतीले रु २७ लाखको लगानीमा सेब्राइल रेड (रातो) र भोलान्टे (पहेँलो) जातका रङ्गीन भेडेखुर्सानीको टनेलखेती गर्नुभएको हो ।
अमेरिकामा उच्च शिक्षा हासिल गरी नौ वर्षअघि नेपाल फर्किनुभएका  दम्पतीले खेतीमा कृषि पर्यटनको (एग्रो–टुरिजम) को अवधारण अवलम्बन गर्नुभएको छ ।
कृषि पर्यटन भनेको–कृषि र पर्यटनलाई गाभेर तयार पारिएको अवधारणा हो । यसअन्तर्गत पर्यटक कृषि फर्ममा पुग्छन् । त्यहाँको दिगो कृषि प्रणाली, स्थानीय रहनसहन, परम्परा, कला, संस्कृति र वनजङ्गलको आनन्द लिन्छन् फार्ममा कृषि वस्तु खरिद गरी घर लैजान्छन् । पाँच सय ६० वर्गमिटर क्षेत्रफलमा फैलिएको उहाँको टनेलमा अहिले रातो र पहेँलो रङका भेडेखुर्सानी लटरम्म फलेका छन् । कृषि विकास कार्यालयले हिमालयन बेरी प्रालीलाई ग्रीनहाउस उपलब्ध गराइदिएको छ ।
कृषि प्राविधिकका अनुसार टनेल बाहिर खेती गर्दा रोग कीराको प्रकोप, फल कुहिने तथा बिरुवा सुक्ने समस्या देखिने र टनेलभित्र त्यस्तो समस्या हुँदैन । भन्नुहुन्छ । भेडेखुर्सानीसँगै टमाटर, करेला, लौका र घिरौँलाजस्ता तरकारी उत्पादन गर्न सकिन्छ ।
बजारमा भेडेखुर्सानीको होलसेल मूल्य प्रतिकिलो रु २५० देखि ३०० सम्म पर्छ । उत्पादनको बजार खोज्नुपर्ने अवस्था छैन । भाटभटेनी, कालीमाटीलगायत मार्ट र थोक बजारमा सिधै बिक्री हुन्छ ।
टनेलभित्र गरिएको  भेडेखुर्सानी खेतीबाट करिब एक वर्षसम्म उत्पादन लिन र रोपेको करिब ६० दिनपछि फल दिन सुरु गर्छ । यो अन्य बालीजस्तो होइन, राम्रो उत्पादनका लागि नियमित हेरचाह आवश्यक पर्छ । बजार राम्रो भएकाले आम्दानी पनि सन्तोषजनक छ ।
मौसम र उत्पादनको अवस्थाअनुसार हिमालयन बेरी प्रालि फर्मबाट हप्तामा तीनदेखि आठ क्विन्टलसम्म भेडेखुर्सानी उत्पादन हुने गरेको छ । रङ्गीन भेडेखुर्सानी, सलाद, पिज्जा, बर्गर, विभिन्न परिकार तथा होटल–रेस्टुरेन्टमा बढी प्रयोग हुने भएकाले बजारको माग उच्च रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>