Breaking News

नवलपरासीकी नयाँ संक्रमित माईतीघर देवचुलीमा १० दिन बसेकी थिइन्, दुई नम्बर वडा सील

०
Banner

ज्ञानु पंगेनी,

नवलपुर, जेठ ७–

मंगलबार कोरोना संक्रमण पुष्टि भएकाहरु मध्ये एक जना नवलपरासीकी २४ वर्षीया महिला रहेको पुष्टि भएको छ । उनको स्थाई घर बुटवल रहेको र उनी काठकाण्डौंमा बस्दै आएको खुलेको छ । उनको माईतीघर भने नवलपरासी पूर्व देवचुली नगरपालिका वडा नं.२ मा रहेको खुलेको छ । उनी लकडाउनै समयमा माईत आएर १० दिन बसेकी थिईन् ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका प्रमुख केशव प्रसाद चापागाईका अनुसार उनी गत बैशाख १९ गते बुटवलबाट देवचुली नगरपालिका–२, स्थित माईतीमा आएर बैशाख २९ गते १० दिनसम्म बसेकी थिईन् । उनी बैशाख २९ गते विहान श्रीमानसंग मोटरसाईकलमा काठमाण्डौ गएको बताईएको छ । जेठ ५ गते उनले काठमाण्डौंमा नै स्वाब परीक्षणका लागि दिएकी थिईन् । जेठ ६ गते उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख चापागाईले जानकारी दिएका छन् ।

अहिले उनी माईतीमा बस्दा सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरी स्वाब संकलन गरी परीक्षण गर्ने तयारी गरिरहेको चापागाईले जानकारी दिएका छन् । मध्यविन्दु जिल्ला अस्पताल, देवचुली नगरपालिका तथा सुरक्षा निकायसंग समन्वय गरी संक्रमितसंग सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्ने तयारी गरिएको छ ।

देवचुली नगरपालिका–२ लाई अहिले पूर्ण रुपमा सील गरिएको छ । वडा नम्बर दुईकी वडा सदस्य दुर्गा पौडेलले दिएको जानकारी अनुसार दुई नम्बर वडालाई पूर्ण रुपमा सील गरिएको छ ।

उनको माईती परिवारका सदस्यको कोरोना परीक्षण नगर्दासम्म देवचुली–२ मा उच्च सर्तकताका अपनाईने र सील कायम नै रहने देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>