Breaking News

नवलपरासीकी नयाँ संक्रमित माईतीघर देवचुलीमा १० दिन बसेकी थिइन्, दुई नम्बर वडा सील

Banner

ज्ञानु पंगेनी,

नवलपुर, जेठ ७–

मंगलबार कोरोना संक्रमण पुष्टि भएकाहरु मध्ये एक जना नवलपरासीकी २४ वर्षीया महिला रहेको पुष्टि भएको छ । उनको स्थाई घर बुटवल रहेको र उनी काठकाण्डौंमा बस्दै आएको खुलेको छ । उनको माईतीघर भने नवलपरासी पूर्व देवचुली नगरपालिका वडा नं.२ मा रहेको खुलेको छ । उनी लकडाउनै समयमा माईत आएर १० दिन बसेकी थिईन् ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका प्रमुख केशव प्रसाद चापागाईका अनुसार उनी गत बैशाख १९ गते बुटवलबाट देवचुली नगरपालिका–२, स्थित माईतीमा आएर बैशाख २९ गते १० दिनसम्म बसेकी थिईन् । उनी बैशाख २९ गते विहान श्रीमानसंग मोटरसाईकलमा काठमाण्डौ गएको बताईएको छ । जेठ ५ गते उनले काठमाण्डौंमा नै स्वाब परीक्षणका लागि दिएकी थिईन् । जेठ ६ गते उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख चापागाईले जानकारी दिएका छन् ।

अहिले उनी माईतीमा बस्दा सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरी स्वाब संकलन गरी परीक्षण गर्ने तयारी गरिरहेको चापागाईले जानकारी दिएका छन् । मध्यविन्दु जिल्ला अस्पताल, देवचुली नगरपालिका तथा सुरक्षा निकायसंग समन्वय गरी संक्रमितसंग सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्ने तयारी गरिएको छ ।

देवचुली नगरपालिका–२ लाई अहिले पूर्ण रुपमा सील गरिएको छ । वडा नम्बर दुईकी वडा सदस्य दुर्गा पौडेलले दिएको जानकारी अनुसार दुई नम्बर वडालाई पूर्ण रुपमा सील गरिएको छ ।

उनको माईती परिवारका सदस्यको कोरोना परीक्षण नगर्दासम्म देवचुली–२ मा उच्च सर्तकताका अपनाईने र सील कायम नै रहने देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>