देश/प्रदेश

दाङमा थप दुई हजार क्वारेन्टिन निर्माण गरिँदै

Banner

दाङ, जेठ ३–

रोजगारीका लागि बाहिर गएका नागरिक फर्किन थालेपछि यहाँ थप दुई हजार क्वारेन्टिन निर्माण गरिने भएको छ ।

जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण फैलिँदै जाँदा भारतबाट नेपाली घर फर्कने क्रमसँगै जोखिम बढेपछि दश पालिकामा थप क्वारेन्टिन निर्माण गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तथा केन्द्रका संयोजक गोविन्दप्रसाद रिजालले जानकारी दिनभयो ।

सीमा क्षेत्रबाटै आउनेलाई उद्धार गरी अनिवार्य रुपमा क्वारेन्टिनमा राख्ने र पिसिआर जाँच गर्ने निर्णय गरिएको पनि प्रजिअ रिजालले बताउनुभयो । जिल्लामा अहिले ३८८ शय्या क्षमता भएका क्वारिन्टन छन् । भारतबाट कम्तीमा आठ हजार नागरिक आउने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>