देश/प्रदेश
दाङमा दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६० पुग्यो
०

दाङ, जेठ २–
दाङमा दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गढवा गाउँपालिका निवासी २३ र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका उपकुलपति प्रा.डा.संगीता भण्डारीले जानकारी दिइन् । उनीहरुलाई सम्बन्धित स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालय दाङको सम्पर्कमा राखिएको भण्डारीले बताइन् ।
आज (शुक्रबार) बिहान नौ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा ८ जना बाँके नैनापुर निवासी हुन् भने एक जना मकवानपुर निवासी हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























