देश/प्रदेश

आगामि वर्षभित्र दुई अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने घोषणा

Banner

काठमाडौं, जेठ २–

दुई अन्तराष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्ष २०७७÷७८ भित्र संचालनमा ल्याउने सरकारले घोषणा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेकी हुन् ।

यसअघि चालु आवमै संचालनको योजना रहेको भैरहवास्थित गौतमबुद्ध विमानस्थल संचालनको लक्ष्यसमेत पछाडी धकेलिएको हो । साथै, पोखरामा निर्माणाधित क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलसमेत आगामी आवमा निर्माण सम्पन्न गरी संचालनमा ल्याइने सरकारले जनाएको छ ।
निजगढ विमानस्थलको निर्माण थालनी समेत आगामी आवमा गर्ने घोषणा नीति तथा कार्यक्रमले गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>