देश/प्रदेश
निषेधाज्ञा तोड्दै कपिलवस्तुमा आन्दोलन, चौकीमा ताला

कपिलवस्तु, जेठ १–
कपिलवस्तुमा महिला आन्दोलनमा उत्रिएका छन् । स्थानीय प्रशासनको निषेधाज्ञा तोड्दै उनीहरु प्रहरीविरुद्ध नाराबाजी गर्दै आन्दोलनमा उत्रिएको हुन् । आन्दोलित महिलाले वाणगङ्गा नगरपालिका–४, गजेहडा चौकी घेराउ गरेका छन् ।
वाणगङ्गा, गजेहडाका ती बालिकालाई यौन दुराचार गर्ने दुईमध्ये एक जना अदालतबाट कुनै सजायविना छुटेपछि पीडित परिवारसहित स्थानीय महिलाले प्रहरीचौकी घेराउ गरी नाराबाजी गरेका हुन् ।
स्थानीयवासी १७ वर्ष ६ महिनाका किशोर र अर्का ४२ वर्षीय पुरुषले ८ देखि १० वर्षका बालिकालाई लामो समयदेखि यौन दुराचार गर्दै आएको भन्दै पीडितबाट करीब २२ दिनअघि प्रहरीमा जाहेरी परेको थियो । पीडित बालिकाहरुले आफूहरुलाई अभियुक्तले यौन दुव्र्यहार गरेको प्रहरीसमक्ष बयान दिएका थिए । उनीहरुले पीडितले न्याय पाउनैपर्छ भन्दै नाराबाजी गर्दै प्रहरीलाई भित्र थुनेर चौकीमा ताला लगाइदिएका छन् ।
























