देश/प्रदेश

कपिलवस्तुमा सुरक्षाकर्मीमा पनि देखियो कोरोना संक्रमण

Banner

कपिलवस्तु, वैशाख ३१–

फिल्डमा खटिने सुरक्षाकर्मीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

आज (बुधबार) साँझ पुष्टि भएका २४ जना मध्ये तीन जना सुरक्षाकर्मी रहेका छन् । उनीहरु कपिलवस्तुका सुरक्षाकर्मी रहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए। उनका अनुसार संक्रमित सुरक्षाकर्मीहरू नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक एक, शसस्त्र प्रहरी नायब निरीक्षक एक र राष्ट्रिय अनुसन्धानका सहायक निरीक्षक एक जना छन्।

ड्युटीमै रहेका उनीहरूको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको पनि उनले जानकारी दिए। उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य रहेको पौडेलले बताए।

त्यस्तै कपिलवस्तुमा भेटिएका आठ जना संक्रमित कृष्णनगर नगरपालिकाका छन्।योसँगै कपिलवस्तुमा कुल संक्रमित संख्या ३८ पुगेको छ। बुधबार दिउँसो पनि कपिलवस्तु नगरपालिका(४ का एक पुरुषमा संक्रमण पुष्टि भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>