अन्तर्राष्ट्रिय
म खुशी छैन, चीनमा के भइरहेको छ हेर्न चाहन्छुः ट्रम्प
०

एजेन्सी,बैशाख ६-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू चीनसँग खुशी नरहेको बताएका छन् । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको शुक्रबारको ब्रिफिङ्गको क्रममा ट्रम्पले ‘म चीनसँग खुशी छैन’ भनेका हुन् ।
चीनले कोरोना भाइरसका कारण विश्वमा पर्न सक्ने चुनौतिबारे समयमै सचेत नगराएको आरोप ट्रम्पको छ । उनले भने, ‘म चीनमा के भइरहेको छ हेर्न चाहन्छु । उनीहरुले कसरी काम गरिरहेका छन् हेर्न चाहन्छु ।’ त्यसपछि उनले भने, ‘यसलाई यसरी प्रस्तुत गरौँ, म खुशी छैन । म खुशी छैन है ।’
उनले विश्व स्वास्थ्य संगठनमाथि पनि आक्रमण गर्न छोडेनन् । डब्लुएचओले पनि महामारीको गाम्भीर्यतालाई नबुझेको आरोप ट्रम्पले लगाए । समयमै डब्लुएचओले आफूलाई जानकारी नदिएको ट्रम्पको भनाई छ । चीनमा के भइरहेको छ भन्ने बारे समयमै जानकारी नदिँदा समस्या आएको ट्रम्पले उल्लेख गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























