क्रिकेट
अलराउन्डर विवेककुमार यादवले चितवन राइनोजबाट एनपीएल खेल्ने
०

चितवन,असार २२-
अलराउन्डर विवेककुमार यादवले चितवन राइनोजबाट एनपीएलको तेस्रो संस्करण खेल्ने भएका छन् । क्याटोगरी ‘ए’ मा रहेका विवेक लकी ‘ड्र’ मार्फत चितवन पुगेका हुन् । उनलाई अनुबन्ध गर्न चार टोलीले अधिकतम १५ लाख रुपैयाँको बोली लगाएका थिए ।
पहिलो संस्करणमा लुम्बिनी लायन्सबाट खेलेका विवेकले चोटका कारण दोस्रो संस्करण गुमाएका थिए । उनलाई अनुबन्ध गर्न विरानगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले पनि चासो देखाएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























