देश/प्रदेश

सिंहदरबारमा आगो लगाउनेहरु सत्तामा बसेका छन् : दुर्गा प्रसाईं

Banner

जनकपुर, २२ असार :

नागरिक बचाउ अभियानका संयोजक एवम मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारको १०० दिनको समिक्षा अहिले गर्ने समय नआएको बताएका छन् ।

सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै प्रसाईंले सरकारको १०० दिनको काम बारे अहिले केही नभन्ने बताए । उनले अबको १० दिनपछि भिडियो सार्वजनिक गर्ने र सो भिडियोमार्फत विशेष खुलासा गर्ने जानकारी दिए । उनले सिंहदरबारमा आगो लगाउनेहरु आज सत्तामा पुगेको उल्लेख गरे । उनले सत्तामा पुगेकाहरुले सिस्टमनै बिगारेर राखेको आरोप लगाएका छन् ।

प्रसाईले आफूलाई बिना आरोप पक्राउ गर्ने गरिएतापनि अदालतले सगरमाथा झै ठडिएर आफूप्रति न्याय गर्ने गरेको बताए ।

त्यस्तै उनले नेपालीलाई अब पुरानो बुटिक नेपाल चाहिएको बताए । उनले धर्म, संस्कृति, मिथिला र राजासहितको नेपाल आजको नेपालीले चाहेको धारणा राखे । उनले सुकुम्बासीहरुको उठिबास लगाउने सरकारको नीतिको विरोध गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>