चितवन विशेष
चितवनमा प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै सांघातिक आक्रमण गर्ने दुई जना पक्राउ

चितवन,असार १८-
चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कार्यकक्षमै प्रवेश गरी कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनिहरुलाई धादिङको गजुरीबाट गाडीसहित पक्राउ गरिएको हो । उनिहरुलाई चितवन ल्याइदै छ,प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भन्नुभयो,थप अनुसन्धानबाट खुल्नेछ । प्रमुख प्रशासकीय अधिकृत बस्नेतका अनुसार बिहीबार बिहान करिब ११ बजे केही व्यक्तिहरू कार्यकक्षमा प्रवेश गरी ढोका बन्द गरेर आफूलाई सामूहिक रूपमा हातपात गरेका हुन्। घटनामा संलग्नमध्ये एक जना निर्माण व्यवसायी रहेको र अन्य व्यक्तिलाई आफूले नचिनेको उनले बताएका छन्।
घटनापछि घाइते भएका चन्द्र कान्त बस्नेत इच्छाकामना आधारभूत अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन्। प्रमुख प्रशासकीय अधिकृत बस्नेतका अनुसार बिहीबार बिहान करिब ११ बजे केही व्यक्तिहरू कार्यकक्षमा प्रवेश गरी ढोका बन्द गरेर आफूलाई सामूहिक रूपमा हातपात गरेका हुन्। घटनामा संलग्नमध्ये एक जना निर्माण व्यवसायी रहेको र अन्य व्यक्तिलाई आफूले नचिनेको उनले बताएका छन्।
उनका अनुसार आक्रमणकारीहरूले खोलाबाट ढुंगागिट्टी उत्खननसम्बन्धी मुद्दामा गाउँपालिकाले अदालतबाट जितेको विषयलाई लिएर आक्रमण गरेका हुन्। “हिजो अदालतमा मुद्दाको सुनुवाइ थियो। उनीहरूले हारे, गाउँपालिकाले जित्यो। त्यसको रिसमा ‘हामीलाई मुद्दा किन हराइस्’ भन्दै ममाथि कुटपिट गरियो,” उनले भने । आक्रमणका क्रममा आफूलाई ज्यान तथा परिवारमाथि समेत धम्की दिइएको उनको भनाइ छ। “तँले हामीलाई असहयोग गरिस्, तलाई जे पनि गर्छौं, तेरो परिवारलाई समेत जे सुकै गर्न तयार छौँ भन्ने धम्की दिँदै कार्यकक्षमै आएर हातपात गरे,” भने । कुटपिटबाट उनको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ। बस्नेतको हाल इच्छाकामना आधारभूत अस्पतालमा उपचार भइरहेको र चिकित्सकको निगरानीमा रहेको बताइएको छ।



























