देश/प्रदेश

थप २४८ जना सहकारीपीडितले पाए रकम

Banner

काठमाडौँ, २२ असार  :

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।

समितिका अनुसार सो  सहकारीका २४८ जनाले बचत फिर्ता पाएका हुन् । हालसम्म उक्त सहकारीका एक हजार ११७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् ।

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमशः अन्य बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।

समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य सञ्चालन भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>