समाज
चराउन लगेको गाईले हान्दा एकको मृत्यु
०

पाल्पा,बैशाख ५-
पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा गाईले हानेर आज एक जनाको मृत्यु भएको छ । चराउन गएका बेला बाटोबाट गाईले हानेर धकेल्दा उक्त गाउँपालिकाको वडा नं ६ गोहारठाना बस्ने ५० वर्षीय चन्द्रबहादुर रासकोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घर नजिकै गाईवस्तु चराउने क्रममा गाईले हानेर बाटोमुनि पुगेका रासकोटीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताउनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























