अन्तर्राष्ट्रिय

डेनमार्कमा एक महिनादेखि बन्द रहेका विद्यालयहरु खुल्न थाले

Banner

कोपेनहेगन, वैशाख ३–

नयाँ कोरोनाभाइरसका कारण डेनमार्कमा एक महिनादेखि बन्द रहेका विद्यालयहरु बुधबारदेखि खुल्न थालेका छन् ।

युरोपमै विद्यालय खोल्ने डेनमार्क पहिलो देश हो । पहिलो चरणमा नर्सरी, शिशु कक्षा र प्राथमिक विद्यालयहरु शुरु भएका छन् । कोविड–१९ महामारीका कारण डेनमार्क सहित युरोपका धेरै देशमा मार्च १२ तारिखदेखि विद्यालयहरु बन्द भएका थिए ।

तर पहिलो चरणमा डेनमार्कका आधाभन्दा बढी नगरपालिकाहरु र कोपेनहेगनका करिब ३५ प्रतिशत शैक्षिक संस्थाहरुमात्र खुलेका छन् । अन्य स्थानमा भने स्थानीय स्वास्थ्य अवस्थालाई विचार गरी क्रमैसँग विद्यालयहरु खोलिने शिक्षा मन्त्रालयले जनाएको छ ।

सबै विद्यालय अप्रिल २० तारिखसम्ममा खुलिसक्ने अपेक्षा गरिएकाे छ ।रासस–एएफपी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>