स्वास्थ्य

२२ हजार भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण : डब्लुएचओ

Banner

काठमाडौँ, चैत ३०-

कोरोना संक्रमितको उपचारमा संलग्‍न विभिन्न मुलुकका २२ हजारभन्दा बढी स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ । डब्लुएचओका अनुसार अहिलेसम्म विश्वका ५२ देशमा २२ हजार ७३ स्वाथ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

तर सबै देशबाट स्वास्थ्यकर्मीलाई भएको संक्रमणको यकिन जानकारी प्राप्त नभएकाले यो संख्या बढी हुन सक्ने डब्लुएचओले जनाएको छ ।

कोरोना भाइरसविरुद्धको विश्वव्यापी अभियानमा अग्रपंक्तिमा रहेर स्वास्थ्यकर्मीले अहम भूमिका निर्वाह गरिरहेको भन्दै डब्लुएचओले उनीहरुको प्रशंसा पनि गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>