अन्तर्राष्ट्रिय
कोरोनाबाट लिबियाका पूर्वप्रधानमन्त्रीको मृत्यु
०

एजेन्सी,चैत २५-
लिबियाका पूर्वप्रधानमन्त्री महमोद जिब्रिलको कोरोना भाइरस को कारण मृत्यु भएको छ । उनी सन् २०११ मा लिबियाका शासक मुआमार गद्दाफीलाई सत्ताबाट हटाएपछि बनेको अन्तरिम सरकारका प्रमुख थिए । सन् २०१२ मा उनले नेशनल फोर्सेस एलायन्सको स्थापना गरेका थिए ।
एलायन्सका सेक्रेटरी खलेद अलम्रिमिले दिएको जानकारी अनुसार ६८ वर्षीय जिब्रिलको आइतबार इजिप्टको कायरोमा मृत्यु भएको हो । उनी दुई सातादेखि अस्पतालमा भर्ना भएका थिए ।
अल जा जीराकाअनुसार उनी मार्च २१ मा हृदयाघातको कारण अस्पतालमा भर्ना भएका थिए । त्यसको तीन दिनपछि उनलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























