चितवन विशेष
व्यवसायी गोविन्द प्रसाद तिवारीको ‘संघर्ष र सफलता’ पुस्तक लोकार्पण

चितवन, असार २०–
चितवनका प्रतिष्ठित व्यवसायी भेटघाट रेष्टुरेन्टका संचालक गोविन्द प्रसाद तिवारीले आफ्नो जीवन भोगाइमा आधारित पुस्तक ‘संघर्ष र सफलता’ प्रकाशन गरेका छन् । उक्त पुस्तकको शनिबार विहान एक कार्यक्रमका बीच नेपाली कांग्रेसका पूर्व महामन्त्री डा.शंशाक कोइरालाले लोकार्पण गरे ।
सामान्य परिवारमा जन्मिएर हुर्किएका तिवारी व्यवसायमा छलाङ मारेका छन् । तिनै जीवन संघर्षलाई पुस्तकको रुपमा तिवारीले उतारेका छन् । उक्त पुस्तकमा खशीको मासुको परिकार ‘तास’ बेचेर छोराछोरीलाई डाक्टर बनाएको विषयदेखि चितवनमा गरेको संघर्ष, आफ्नो पारिवारिक अवस्थालगायतका बारेमा उल्लेख गरिएको छ । पुस्तकका बारेमा शम्भुराज पाण्डे, ध्रुवराज पोखरेललगायतले चर्चा गरेका थिए ।
पुस्तक चर्चा गर्दै पोखरेलले उक्त पुस्तकमा संघर्षलाई सफलताको आधारको रुपमा चित्रण गरिएको बताए । ऋण र असफलतालाई कहिले हार नमान्ने, कास्कीबाट कामको खोजीमा ५ सय रुपैयाँ लिएर चितवन आएको बेलाको संघर्षमा चर्चा गरिएको पोखरेलले बताए । आफू ८ कक्षासम्म बढेपछि दुई छोराछोरीलाई डाक्टर बनाएको र एउटा छोरालाई सम्पूर्ण व्यवसायलाई विस्तार गर्न मुख्य जिम्मेवारी सुम्पिएको विषय उल्लेख छ ।
तिवारीका जेष्ठ सुपुत्र एवं भेटघाट रेष्टुेन्ट तथा जेम्स वल्र्ड फन पार्कका अध्यक्ष महेश तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा सुपुत्री डा.निमा तिवारीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।



























