अन्तर्राष्ट्रिय

कारोनाले फ्रान्समा एकै दिन ८३३ जनाको मृत्यु

Banner

एजेन्सी,चैत २५-

फ्रान्समा कोरोना भाइरसका कारण सोमबार एकै दिन ८३३ जनाको मृत्यु भएको छ । कोभिड–१९ बाट फ्रान्समा एकै दिन यति धेरैको मृत्यु भएको यो महामारी सुरु भए यताकै बढी हो ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि फ्रान्समा मृत्यु हुनेको कुल संख्या ८ हजार ९११ पुगेको छ । यस्तै संक्रमितको कुल संख्या ९८ हजार १० रहेको छ ।

फ्रान्सको स्वास्थ्य मन्त्रालयलले जारी गरेको तथ्यांक अनुसार सोमबार अस्पतालमा उपचारको क्रममा ६०५ तथा नर्सिङ्ग होम अर्थात रिटायरमेन्ट होममा २२८ जनाको मृत्यु भएको हो । दुवै स्थानमा मृत्यु हुनेको संख्या १० प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>