अन्तर्राष्ट्रिय

कोरोनाभाइरसको सङ्क्रमण देखिएका बेलायतका प्रधानमन्त्री बोरिस अस्पताल भर्ना

Banner

लण्डन, चैत २४-

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आइतवार साँझ अस्पताल भर्ना हुनु भएको छ । कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनसम्म उहाँ घरमा नै क्वारेन्टाइनमा रहदै आउनु भएको थियो ।

कोरोनाको लक्षणहरू उस्तै रहेको र तापक्रम पनि रहेकाले लन्डनस्थित अस्पतालमा र्पुयाइएको हो ।

सावधानीको रुपमा यो कदम चालिएको बताइएको छ । तर हाल उनको अवस्था सामान्य रहेको सोमबार बताइएको छ ।
कोरोना भाइरसको सङ्क्रमण देखिएको १० दिन बितिसक्दा पनि प्रधानमन्त्रीलाई लक्षणहरू निरन्तर उस्तै देखिएकोले यो कदम सावधानीका रुपमा चालिएको उहाँका चिकित्सकले बताउनु भएको छ । रासस-एपी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>