अन्तर्राष्ट्रिय

कोरोनाको आशंकामा गाउँलेहरुको चरम विभेद सहन नसकेपछि भारतमा एक युवाले गरे आत्महत्या

Banner

एजेन्सी,चैत २४-

कोरोना भाइरसको आशंकामा गाउँलेहरुको चरम विभेद सहन नसकेपछि भारतको हिमाचल प्रदेशका एक युवाले आत्महत्या गरेका छन् । परीक्षणमा ती युवामा कोरोना भाइरस नेटेटिभ थियो तर उनीमा कोरोना संक्रमण रहेको भन्दै गाउँलेहरुले चरम विभेद गरेपछि आत्महत्या गरेको स्थानीय प्रहरीले जनाएको छ ।

३७ वर्षका मुहम्मद दिलशादले आफ्नै घरमा आत्महत्या गरेका हुन् । उनी केही दिन यता गाउँलेहरुको सामाजिक भेदभावको शिकार भएका थिए । हिमाचल प्रदेशका डिजिपी एस आर मर्दीले यसबारे पुष्टि गर्दै भने ‘दिलशादको कोरोना टेस्ट नेगेटिभ थियो तर उनी गाउँलेहरु सामाजिक भेदभावका शिकार भए ।’

दिलशादका भाइ गुलशन मुहम्मदले भने, ‘दिलशादकोे गल्ती यति मात्रै थियो कि उनी हालै तबलीगी जमातबाट फर्केका एक युवाको सम्पर्कमा आएका थिउ तर गाउँलेहरुले उनीमाथि मानवीय व्यवहार गरेनन् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>