समाज

लकडाउन एकहप्ता बढाउने तयारी, मन्त्रिपरिषद् बैठक बस्दै

Banner

काठमाडौं,चैत २४-

सरकारले विश्वभर माहामारी रुपमा फैलिएको कोरोना भाइरस देशमा रोकथाम गर्न चैत २५ गते सम्म गरेको लकडाउनको समय एक हप्ता लम्बाउने तयारी गरेको छ । आज (सोमबार) अपराह्न ४ बजे बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकमा लकडाउन लम्ब्याउने र नियमित विषयमा निर्णय हुने स्रोतले बताएको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कम्तीमा एक साता लकडाउन लम्ब्याउने तयारी गरेको छ ।

सरकारले पहिलो पल्ट चैत ११ गतेदेखि १८ गते सम्म साताव्यापी लकडाउनको घोषणा गरेको थियो । १७ गते बसेको उच्चस्तरीय समितिको बैठकले २५ गतेसम्म कायम राख्न प्रस्ताव गरे बमोजिम मन्त्रिपरिषद्ले थप एकसाता लम्ब्याएको थियो । सरकारले बैशाख ३ गते सम्म अन्तर्राष्ट्रिय उडान रोकेकोले त्यति बेलासम्म लकडाउन कायमै रहने गरी लकडाउन लम्ब्याउने तयारी गरेको स्रोतले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>