अन्तर्राष्ट्रिय

कोरोना संक्रमणबाट लिवियाका पूर्वप्रधानमन्त्रीको मृत्यु

Banner

एजेन्सी,चैत २४-

कोरोना भाइरस संक्रमणका कारण लिवियाका पूर्व प्रधानमन्त्री महमूद जिब्रीलको मृत्यु भएको छ । जिब्रिलको इजिप्टको एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । स्थानीय मिडियाहरुले लिब्रिलको राजनीतिक दल नेशनल फोर्सेज अलायन्सलाई उदृत गर्दै मार्च २६ मा उनमा कोरोना संक्रमण पोजेटिभ देखिएको जनाएका छन् ।

पूर्वप्रधानमन्त्री जिब्रिलको फेसबुक पेजमा पनि धार्मिक सन्देश अपडेट गरिएको छ, जुन त्यहाँको परम्पराअनुसार सामन्यतया कसैको मृत्यु हुँदा प्रयोग गरिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>