समाज

कोरोनाको त्रास भगाउन घरघरमा दीप प्रज्वलन

Banner

चितवन,चैत २३-

केही दिन अघि सामाजिक सञ्जालमा २ मिनेट १० सेकेण्डको एउटा साधारण लाग्ने सन्देश प्रवाह भयो। त्यही सन्देशलाई आधार मानेर नेपालीहरुले घरघरमा आइतबार साँझ दीप प्रज्वलन गरे।

सो भिडियोमा विश्व कल्याणका लागि राष्ट्रब्यापी दीप प्रज्वलन अभियान आह्वान गरिएको थियो।

चौतर्फी कोरोना भाइरस कोविड १९ को आक्रान्तबाट उकुसमुकुस सर्वसाधारण आइतबार साँझ ७ बजेर ७ मिनेटको ब्यग्र प्रतिक्षामा रहेका थिए। घरबाट बाहिर ननिस्कन सरकारको आग्रहसंगै सर्वसाधारण अन्य दिन भन्दा फरक र गम्भीर हुँदै दीप प्रज्वलनको अभियानमा जुटे। दिप प्रज्वलन गरेकाहरुले फेसबुक मार्फत फोटो सार्वजनिक गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>