शिक्षा
कक्षा १२ र एसईई परीक्षा संगै गर्ने तयारी

काठमाडौं, चैत २३–
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ र एसईई परीक्षा संगै गर्ने तयारी थालेको छ । कक्षा १२ को परीक्षा यही .बैशाखमा हुँदैछ । सोही अनुसार एसईई परीक्षा पनि सोही मितिमा गर्ने तयारी सुरु गरिएको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण चैत ६ गतेबाट हुने एसईई तत्कालका लागि स्थगित गरेको थियो ।
राष्ट्रिय परीक्षा बोर्डको निर्धारित तालिकाअनुसार आगामी बैशाख ८ गतेबाट कक्षा १२ को परीक्षा हुनेछ। कक्षा ११ को परीक्षा तालिका बैशाख २१ गतेबाट हुने रहेको छ। एसईई परीक्षा बिहान र कक्षा १२ को परीक्षा दिउँसो सञ्चालन गर्न सकिने बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए उनले भने एकै चोटी दुइटै परीक्षा गर्न सकिने भएकाले लकडाउन खुलेपछि तत्कालै परीक्षा प्रक्रिया अघि बढाउँछौं ।’ तर सरकारले लकडाउनको अवधि बढाउने या खुल्ला गर्ने निर्णय गरेको छैन । सरकारले पछिल्लो समय बढाएको अवधि अनुसार यही चैत २५ गते रातीबाट लकडाउन सकिदैछ । तर लकडाउन बढाउने या अन्त्य गर्ने निर्णय सरकारले गरेको छैन ।
यसवर्ष वर्ष ४ लाख ८२ हजार ७ सय ७ जनाले एसईई दिने तयारीमा छन्। देशभरिमा १ हजार ९ सय ९७ परीक्षा केन्द्र विस्तार गरिएका छन्। प्रश्नपत्र सबै केन्द्र नजिकको प्रहरी चौकीमा सुरक्षित गरी राखिएका छन्। त्यस्तै कक्षा ११ र १२ का गरी ४ लाख ८० हजारभन्दा बढी परीक्षार्थी रहेका छन्। त्यसनिम्ति १ हजार १ सय परीक्षा केन्द्र तोकिएका छन्।



























