अन्तर्राष्ट्रिय
अमेरिकामा मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो, न्यूयोर्कमा एकैदिन ६३० को मृत्यु
०

एजेन्सी, चैत २३–
अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्युहुनेको संख्या दिनप्रतिदिन बढीरहेको छ ।
अमेरिकाको सबैभन्दा बढी कोरोना प्रभावित क्षेत्र मानिने न्युयोर्क राज्यमा अवस्था थप भयावह बनेको छ । न्युयोर्क राज्यमा एकैदिन ६३० मानिसको मृत्यु भएको छ भने झण्डै इटलीभर देखिए बराबरको कोरोना संक्रमित भेटिएका छन् । न्युयोर्क राज्यमा कोरोनाबाट एकै दिन मृत्यु भएको यो अहिलेसम्मकै उच्च संख्या हो । योसँगै कोरोनाबाट त्यहाँ ज्यान जानेको कुल संख्या ३ हजार ५ सय ६५ पुगेको छ ।
कोरोनाको इपिसेन्टर बनेको अमेरिकाका ३ लाख मानिसमा कोरोनाको संक्रमण भेटिएको छ भने झण्डै ८ हजार मानिसको ज्यान गएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























