नवलपुर

कावासोतीमा विदेशबाट आएका ३४० जना कहाँ गए ?

Banner

नवलपुर, चैत २२–

विदेशबाट आएका व्यक्तिहरुमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिन थालेपछि विदेशबाट आएका व्यक्तिहरुमा उच्च निगरानी राखिएको छ । तर पूर्वी नवलपरासी (नवलपुर)मा विदेशबाट आएका ३४० जना सम्पर्क बाहिर छन् । उनीहरु कसेको सम्पर्कमा छैनन् ।

सदरमुकाम कावासोतीमा विदेशबाट आएका ३ सय ४० जना सम्पर्कबाहिर छन् भने भारत र अन्य देशबाट आएका ३ सय ५७ जनामध्ये १७ जना होम क्वारेन्टाइनमा बसेका छन् । अरु विदेशबाट आएका भने क्वारेन्टाइनको सम्पर्कमा नभएको पाइएको छ।

कावासोती नगरपालिकामा बनाइएको एक सय बेडको क्वारेन्टाइन यतिबेला खाली छ। सबैभन्दा सबैभन्दा पहिले बनाइएको कुमारी निजीशैक्षिक गुठीमा रहेको २० बेडको क्वारेन्टाइनमा शुक्रबारसम्म कोही पनि बसेका छैनन्।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी आनन्द भुसालले लकडाउनपछि कावासोती नगरपालिका क्षेत्रभित्र ३ सय ५७ जना भित्रिएको पुष्टि गरे। १७ जना होम क्वारेन्टाइनमा बसेको तथ्यांक प्रशासनसँग रहे पनि ३ सय ४० जना सम्पर्कमै छैनन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>