अन्तर्राष्ट्रिय
जापानमा एकै दिन ३१४ जनामा कोरोना भाइरसको संक्रमण
०

एजेन्सी,चैत २२-
जापानमा कोरोना भाइरसको संक्रमण बिस्तार हुने शंकेत देखिएको छ । शुक्रबार एकै दिन जापानमा तीन सय भन्दा बढीमा नयाँ संक्रमण पुष्टि भएको छ ।
अहिलेसम्म एक दिन नयाँ संक्रमण पुष्टि भएको यो सबैभन्दा धेरै संख्या हो जापानका लागि । शुक्रबार ३१४ जनामा नयाँ संक्रमण पुष्टि भएको तथा कोभिड–१९ का कारण ६ जनाको मृत्यु भएको जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शुक्रबार पुष्टि भएका मध्ये ८९ जना संक्रमित राजधानी टोकियोका छन् । जापानमा अहिलेसम्म कुल तीन हजार ६३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै अहिलेसम्म ८० जनाको ज्यान गएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























