Breaking News

नेपालमा एकै दिन थप तीन जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या नौ पुग्यो

Banner

काठमाडौं, चैत २२–

नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

कैलालीमा एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै पहिलोपटक नेपालभित्रै कोरोना सरेको पुष्टि भएको छ । कैलालीको ३४ वर्षीय ती महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषका आफन्त हुन् । संक्रमितहरु कैलाली र कञ्चनपुरका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष हुन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या नौ जना पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>