समाचार

कोभिड –१९ : चितवनको चेपाङ्ग समुदायमा सचेतना कार्यक्रम

Banner

मुग्लिन, चैत २२-

चितवनको विकट पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकाको वडा नम्बर १ का चेपाङ्गं समुदायलाई कोरोना भाइरस, (कोभिड–१९ ) को सम्भावित जोखिम हुन नदिन हातधुन साबुन वितरण तथा सचेतना कार्यक्रम सुरु गरिएको छ ।

स्थानीय निकायसगँको समन्वयमा सचेतना जगाउँदै साबुन बाड्न वितरण गरिएको सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष धुव्र गिरीले जानकारी दिए । पहिलो चरणमा ईच्छाकामनाको तोबाङ्गका ३३ र डाँडा ११ घरधुरीलाई सिराईचुली टोल सुधार समितिका अध्यक्ष भीम चेपाङ्ग, चौकी डाँडा टोल सुधार समितिका अध्यक्ष धनलाल चेपाङ्गं र थाप्राङ्ग टोल सुधार समितिका भद्र चेपाङ्गको रोहबरमा साबुन वितरण गरिएको थियो ।

यसैवीच कालिका नगरपालिका भित्रका विभिन्न वडामा विदेशबाट फर्किएका ६० जना होम क्वारेन्टाइनमा रहेको नगर प्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिए. । उनले क्वारेन्टाइनमा रहदा केही समस्या आइपरे नगरपालिकामा सम्पर्क गर्न अनुरोध समेत गरे ।

नगरपालिकाका मेलमिलाप संयोजक सुर्दशन अधिकारीको संयोजकत्वमा १३ सदस्ययी होम क्वारेन्टाइन समिति नै निर्माण गरेर अनुगमन गरिरहेको र जुटपानीमा १५ श्ययाको क्वारेन्टइन समेत निर्माण गरिएकोे उनले बताए ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>