समाचार

जर्मनी र फ्रान्सले आज आफ्ना नागरिक नेपालबाट लैजाँदै

Banner

काठमाडौँ, २२ चैत–

कतार एयरलाइन्सको चार्टर्ड विमानमार्फत फ्रान्स र जर्मनीले शनिबार पनि आफ्ना नागरिक नेपालबाट फिर्ता लग्दैछन् ।

फ्रान्सका नागरिक लिएर जाने विमानमा १० प्रतिशत अन्य युरोपियन देशका नागरिक पनि हुनेछन् । यो विमान दोहो हुँदै पेरिसमा अवतरण हुने छ । यसैगरि जर्मनी जाने विमानमा २० प्रतिशत अन्य युरोपियन देशका नागरिक हुनेछन् । दुवै विमानमा समान ३ सय ३ यात्रु रहनेछन् ।

यो विमान दोहा हुँदै फ्रान्कफर्ट अवतरण हुने छ । यसअघि जर्मनीले नेपालबाट दुईपटक र फ्रान्सले एकपटक चार्टर्ड विमानमार्फत आफ्ना नागरिक ओसारिसकेको छ ।

अस्ट्रेलिया, नेदरल्यान्ड्स र अमेरिकाले पनि विमान चार्टर्ड गरि नेपालबाट आफ्ना नागरिक लगेका छन् । अमेरिकाले आइतबार पनि नेपालबाट आफ्ना नागरिक फिर्ता लैजाँदै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>